बुटवलको चारपाला सामुदायिक वनमा विश्वमै लोपोन्मुख पहेंलो कछुवा भेटिएको छ। बुटवल उपमहानगरपालिका वडा नंं १२ स्थित उक्त वनमा पहेँलो प्रजातिको कछुवा भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। काठमाडौं गोल्डेन गेट कलेजबाट आएको सुरेन्द्र राजवंशीको टोलीले हालै मात्र वनमा अनुसन्धान गर्दा पहेँलो प्रजातिका ४ वटा कछुवा र अण्डा फेला पारेको हो। यो कछुवा विश्वमै लोप हुन लागेको प्रजाति…