काठमाडौं, १६ पुस । धनुषा जिल्लाको धनुषाधाम–२ मंगलपुरकी श्यामुकुमारी ठाकुरले आफ्नो श्रीमानको हत्यारामाथि कारबाहीको माग गरेकी छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले आफ्नो श्रीमान योगेन्द्र ठाकुरको हत्यामा संलग्न शिवजी यादवलाई उन्मुक्ति दिइएको बताएकी हुन् । श्यामुकुमारीका अनुसार गत २०८१ साउन १४ गते शिवजीसहित ८ जनाले उनको श्रीमानको हत्या गरेका थिए…