इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाएका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं– इन्द्रजात्रा मनाउन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई वृत्त जनसेवामा प्रहरीले राखेको हो । बसन्तपुर इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् । पछिल्लो समय ओली र बालेनबिच सामानिक सञ्जालमा तिक्तता चलिरहेको छ…