रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका(५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो। गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान,…