काठमाडौं l प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरेर दैलेखका एक वडासचिवलाई धम्की दिएको आरोपमा २२ वर्षीय प्रकाश खड्का पक्राउ परेका छन्। प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर–६ घर भएका र हाल काठमाडौंको शंखमुलमा बस्दै आएका खड्कालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा ले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। खड्काले…