काभ्रेपलाञ्चोक– बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का भिमबहादुर शंकर बुधबार गाउँ फर्किए । करिब तीन हप्ताअघि मात्र दशैं खर्चको लागी केही पैसाको जोहो गर्न काम खोज्दै उदयपुर पुगेका उनको श्रीमती र छोरा पहिरोले पुरिएपछि काम बीचमै छाडेर फर्किएका हुन् । उनी २६ भदौमा गाउँकै ६ जना साथीहरुसँग उदयपुर पुगेका थिए । त्यहा उनले खानेपानीको पाइप…