आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपरान्ह ४ बजे २३ वर्षीय दिपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् । सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको…