छाउगोठमा बसेकी एक किशोरी मामा पर्नेबाट बलात्कृत, छारे रोग लागेको भन्दै घटना लुकाउने प्रयास

अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । सोमबार मध्यरातमा किशोरी मामा नाता पर्ने व्यक्तिबाट छाउगोठबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ । किशोरी सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी थिइन् । छिमेकमा जन्मदिन मनाएर रमाइलो गरेर घर फर्किपछि उनी महिनावारी भएपछि…