काठमाडौं– ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल उपाध्यायसहित तीन जनालाई पक्राउ गरेको छ । उपाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ । घटनामा…