काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङलाई नागरिकता दिलाउन पहल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रकाशलाई तत्काल नागरिकता दिलाउन पहल गरिएको जानकारी दिएका छन् । उनले मंगलबार राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख गरेका छन्…