काठमाडौँ । डिज्नी र मार्भल स्टुडियोजले गोप्य राख्न खोजेका दुई बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ का टिजर ट्रेलरहरू अनलाइनमा लिक भएका छन् । एक निजी स्क्रिनिङ साइटबाट बाहिरिएका यी ट्रेलरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सिर्जना गरेका छन् । लिक भएको ‘एभेन्जर्स: डुम्सडे’ को टिजरमा अभिनेता क्रिस हेम्सवर्थले निभाएको थोर…