काठमाडौँ । ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामाङ्कन गरिएको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, सङ्गीत र गायन साइलाको रहेको छ । यसको सङ्गीत निर्माण समिरन राणाले गरेका हुन्…