काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ भव्य समारोहबीच लोकार्पण गरिएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनासँगै देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनालाई समेटिएको कृतिको लोकार्पण गरिएको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा…