काठमाडौं । जीवनको उर्बर समय अर्धभूमिगत बिताएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अब खुल्ला राजनीतिमा आउने भएका छन् । ९० वर्षीय उनी अब अर्धभूमिगत रहने छैनन् ।साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी भूमिगत नै रहने, तर महामन्त्री र प्रवक्तालाई खुला गर्ने निर्णय गरेको छ । पार्टीको विचारलाई जनतामा लैजान आवश्यक…