Logo

शिक्षा / स्वास्थ्य

सुमनाको एक सय दिनः ८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्यागेको दाबी गरेकी छन् । शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मंगलबार यस्तो दाबी गरेकी हुन् । आफ्नो सय दिनमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी

मेलम्चीको पुरानो घाउ निको नहुँदै फेरि बाढीको चिन्ता

काठमाडौं– जबजब पानी पर्न थाल्छ मेलम्ची बासीले तीन वर्ष अघिको त्यो विपद् सम्झिन्छन् । २०७८ असार १ को त्यो दिन । जसले मेलम्ची कोरिडोरका नागरिकलाई विर्सनै नसक्ने घाउ दिएको छ । हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठुलै नोक्सानी

बोर्डको क्यालेन्डरले तोक्यो एसईई, ११ र १२ को परीक्षा

  काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएका छन् । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ। क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययन/अध्यापन, तयारी गर्न सहज हुने भएकाले

गर्मी बढेपछि हेटौँडाका विद्यालय दुई दिनको लागि बन्द

मकवानपुर— अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाले विद्यालयलाई बिदा दिएको छ । सार्वजनिक तथा निजी विद्यालयलाई उपमहानगरले दुई दिनको लागि बिदा दिएको हो । गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले जनाएको छ । ‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी

शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं– ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित चारजना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । तत्कालिन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । तत्कालीन प्रअ भट्टराईका साथै विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल, शाक्य

नेपाल अध्ययनको परिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र अङ्ग्रेजीमा

काठमाडौंं– त्रिभुवन विद्यालयले नेपाल अध्ययन विषयको परिक्षामा अंग्रेजीमा प्रश्नपत्र सोधेको छ । हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक चौँथो वर्षको परिक्षा सञ्चालन भइरहेको छ । परिक्षामा मानविकि तथा समाजिक शास्त्र संकायको चौँथो वर्षमा अनिवार्य रुपमा पढ्नुपर्ने नेपाल अध्ययन विषयको प्रश्नपत्र अंग्रेजीमा सोधिएको हो । तीन वर्षेको मानविकी तथा समाजशास्त्र संकायलाई चार वर्षे

मंगलबारदेखि ललितपुरमा श्रमाधान रोजगार मेला, शिक्षामन्त्रीले उद्घाटन गर्ने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भै सकेको मन्त्रालयले जनाएको छ । मेलाको विषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजागर

विद्यालयले भाडामा लगाएका थप ३७ सटरमा ताला

काठमाडौं– काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो ।

वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको नि:शुल्क अपरेसन

काठमाडौं– विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा‍. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् । ‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसम्बन्धी काम स्वदेशमा नै गर्नका लागि लागि ल्याएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा