काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यभार सम्हालेको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको विवरणमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत तथा संरचनागत सुधार गरिएको उल्लेख छ। मन्त्री मेहताका अनुसार मन्त्रालयले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। हालसम्म २१७ अस्पताल पोर्टलमा आबद्ध भएका…