काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार पूरक परीक्षामा १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। विद्यार्थीहरूले परीक्षाफल बोर्डले तोकेका २० वटा संस्थाका…