काठमाडौं– करिब ९१ हजार विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न नपाउने भएका छन् । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजाअनुसार ९० हजार ८८८ अनुत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले पूरक परीक्षा दिएका थिए । सोमध्ये ५६.७८ प्रतिशत अर्थात १ लाख…