युद्धविरामपछि पनि आक्रमण, १८ जनाको मृत्यु

नयाँदिल्ली - मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन् । भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकू मारिएको भारतीय सेनाले आइतबार जनाएको छ । युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यसक्रममा कम्तीमा १६ जना लडाकू मारिएका छन् । गत मे १६ तारिखदेखि भारतको सरकारी…