काठमाडौं– नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट एन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् । बीआरआई सहकार्यअन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको छ। फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट…