प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुँदैछ। उनीहरूबीच दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ। चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका भारतीय स्थल सेना प्रमुख सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए। भ्रमणका क्रममा…