रोल्पामा अटो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ रोल्पाको रुन्टिगढी गाउँपालिका–२ गोरिनेटामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रा १ ह ५४९१ नम्बरको अटो सडकबाट करिब १०० मिटर तल खस्दा रुन्टिगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले जानकारी दिएका छन्। दुर्घटना मंगलबार दिउँसो करिब…