रास्वपा उम्मेदवार खरेललाई सुप्रिम सहकारीपीडितले घेरे, प्लेकार्ड बोकेर नाराबाजी

काठमाडौं । रास्वपा उम्मेदवार सुलभ खरेल सुप्रिम सहकारीपीडितबाट घेरिएका छन् । बुधबार पीडितहरूले बुटवल उपमहानगरपालिका–११, होराइजन चोकमा प्लेकार्डसहित खरेल र रास्वपाविरुद्ध नाराबाजी गरेका छन् । पीडितहरू नाराबाजी गर्न थालेपछि खरेल रेष्टुरेन्टभित्र पसेका थिए । उनी करिब एक घण्टासम्म बाहिर निस्किएनन् । आफ्नो बचत फिर्ताबारे प्रश्न गर्न आएको पीडितहरूले बताएका छन् । सुप्रिम सहकारीमा ७८ करोडभन्दा…