काठमाडौँ- बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाग्लुङ घर भएका तिलकबहादुर कार्की, प्युठान घर भएका हरिबहादुर विष्ट र स्याङ्जा घर भएकी जमुना परियार रहेका छन् । उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका…