बालिकामाथि बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ

काठमाडौँ- भोजपुरमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका(८, पात्लेपानीका ४५ वर्षीय भक्तबहादुर थापा रहेका छन्। उनीमाथि भदौ १० गतेको घटनासम्बन्धी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनामा आवश्यक थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।