काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा धान रोपाइँ गरेका छन् । असार १५ अर्थात् धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको हो । राष्ट्रपति कार्यालयले आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर…