पशुपतिनाथको जलहरीमा १३ जनाको नाम लेख्ने वुद्धि कहाँबाट जाग्यो?: कांग्रेस सांसद गौतम

काठमाडौं,१२ असार । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी,तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जना व्यक्तिको नाम कुँदेको भन्दै भत्र्सना गरेकी छन् । प्रतिनिधसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गौतमले पशुपतिनाथले मलाई सुनको जलहरी चढाउ भनेका थिए कि वा भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिङ्गको मौलिक स्वरुपनै दर्शन गर्न…