मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला

काठमाडौँ- मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारको डम्पिङसाइटमा एक नवजात शिशुको शव फेला परेको छ। शवमा सालनालसहित नवजात शिशु (छोरी) रहेको बताइएको छ। प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, शिशुको शव फाल्ने व्यक्तिको पहिचान अहिलेसम्म गर्न सकिएको छैन। शव फेला परेको २० फागुन मंगलबार अपराह्न साढे ५ बजे प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा टोली…