विराटनगर । सुनसरीमा दुई पक्षबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। प्रशासनले कर्फ्यु आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना…