आन्दोलनको दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनरत विद्यार्थीको दबाबपछि पदबाट राजीनामा दिएको दाबी गरिएको छ। दाबीअनुसार प्रधानले शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन्। उनले विद्यार्थीहरूको भविष्यप्रतिको चिन्तालाई ध्यानमा राख्दै पदबाट अलग भएको उल्लेख गरेका छन्। पछिल्लो समय मेडिकल प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र चुहावटको विषयलाई लिएर आन्दोलन चर्किएको बताइएको छ। उक्त आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ले गरेको दाबी गरिएको छ। आन्दोलनमा सहभागी विद्यार्थीहरू ३६ दिनदेखि नयाँ दिल्लीस्थित जन्तरमन्तरमा धर्नामा बस्दै आएका छन्। उनीहरूको आन्दोलन…