झलनाथ खनालले इलाम १ मा  पुनः मतदानको माग गर्दै हालेको रिट खारेज

काठमाडौं– २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम–१ बाट पराजित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुनः मतदान गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले सो रिट खारेज गरेको हो ।…