काठमाडौं– संविधान दिवसको अवसर पारेर सञ्चालनमा आएको धरहराको पार्किङमा राखिएको मोटरसाइकलको टायर चोरी भएको छ । आइतबार काठमाडौंका सज्वल आचार्यले दिउँसो १ बजे धरहरामा पुगेर बाइक पार्किङ गरेका थिए । करिब एक घण्टापछि फर्किँदा उनको बा२प ०१९ २८२६नम्बरको नीलो एफजेड बाइकको अगाडिको टायर नै गायब थियो । पार्किङ गरिएको ठाउँमा सिसी क्यामेरा पनि थिएन ।…