काठमाडौँ नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य विरामी भएपछि अस्पताल भर्ना भएका छन्। एक्कासी दम बढेपछि वैद्यलाई राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।नेता वैद्य पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याबाट ग्रसित छन्। बिहीवार १३२औँ माओ दिवसको अवसरमा कृष्ण सेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले आयोजना गरेको कार्यक्रम सहभागी भएका थिए। कार्यक्रममै उनी अस्वस्थ…