धनगढी– चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका –५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन् । गोठमा रहेको गोरुलाई घाँस दिन जानेक्रममा उनीमाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट साउँदको पिठ्यूँ र टाउकोमा चोट लागेको छ । घाइते महिलाको झलारीस्थित एक अस्पतालमा उपचार भइरहेको छ भने…