दाङ– दाङको भालुबाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले सडक ठप्प पारेका छन् । राप्ती गाउँपालिका–१ भालुबाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय लोकप्रकाश भट्टराईलाई बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घटना मंगलबार बिहान ८ बजेतिर ट्रकले ठक्कर दिएको उनको घटनास्थलमै मृत्यु भएको थियो।…