गुल्मी — गुल्मीमा अरिंगाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार राति अरिंगाल पोल्ने क्रममा लडेर मुसिकोट नगरपालिका–५ आँपचौर बस्ने ३१ वर्षीय रमेश लामिछाने मगरको मृत्यु भएको हो । आँपचौरस्थित कफी विकास केन्द्रको बगैँचा नजिकको पिपलको रुखमा रहेको अरिंगाल पोल्ने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि पाल्पा लैजाने क्रममा…