विभिन्न कार्यक्रमको आयोजना गरेर गणतन्त्र दिवस सम्पन्न

काठमाडौं– १७ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा गणतन्त्र दिवस २०८१ मूल समारोह समितिले मंगलबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८१ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी…