नवलपुर– पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ हर्दीमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको हो । मृत्यु हुनेमा २० वर्षका सूर्यकुमार बढई रहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव…