काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण कुमार चेम्जोङलाई उनको राष्ट्रिय कीर्तिमानी खेलमा एक सय नम्बरको जर्सी दिएर सम्मान गर्ने भएका छन् । साउदी अरबको दम्मामा मङ्गलवार नेपालले यमनसँग विश्वकप छनोट खेल खेल्दा किरणको सयौँ सिनियर अन्तर्राष्ट्रिय खेल पूरा हुने भएको छ।यसअघि नेपालका लागि कुनै पनि फुटबल खेलाडीले एक सय सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका…