अक्वा त्रिदेव कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ

काठमाडौं– काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयोग हुने पानीको जार परीक्षण गर्दा एउटा कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । महानगरले २५ साउनमा ५ वटा जार कम्पनीको पानीलाई नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो । मंगलबार आएको ल्याब रिर्पोटमा अक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) देखिएको हो ।…