लहानमा एक घन्टामा ३०.२ मिलिमिटर वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

936
Shares

काठमाडौं– पछिल्लो तीन घन्टामा सिरहाको लाहान, गोलबजार र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार सिराहाको लाहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा भएको छ।

उक्त क्षेत्र भई बग्ने बालन खोला र यसका साना सहायक खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने बाढी महाशाखाले जानकारी दिएको छ।

तटीय क्षेत्रमा रहनेहरूलाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ।