ओमानमा जारी टी-२० विश्वकप ग्लाेबल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंककाे स्काेर बनाउन सकेनन् । जतिन्दर…