मेस्सीलाई कोरोना सङ्क्रमण

लियोनेल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ । अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका छन् । क्रिसमसमा छुट्टी मनाउन उनी अर्जेन्टिना पुगेका थिए । त्यतिबेला नै उनलाई सङ्क्रमण भएको आशंका गरिएको छ । उनीसँगै टोलीका अन्य तीन सदस्यलाई पनि…