नेपाल प्रहरीको साइबर ब्यूरोले प्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ । प्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्यूरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि…