आजदेखि काठमाडौं आउन-जान पूर्ण रूपमा रोक !

कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो। अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत…