गोंगबु प्रकरण : अहिलेसम्म अनुसन्धानबाट खुलेका तथ्यहरू (भिडियो सहित)

प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र एक झोलामा टाउको र खुट्टा फेला पारेको थियो। शव पह्चिानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रहरीले…