प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहिन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । 'भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्…