फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनलनजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । २ खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा…