दुखद खबर : मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४/५ दिन ज्वरो आएपनि ज्वरो ठीक भइसकेको…