संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि नै…