बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ। एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ। नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड-१९ पुष्टि भएको छ। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या…