सुत्केरी महिला अपडेट: शिशुसहित चार जना आइसोलेसनमा, डाक्टरसहित १० जना क्वारेन्टाइनमा !

धुलिखेल अस्पतालले कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान,सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताए । उनले चारैजनाको स्वाब संकलन गरिएको र परीक्षणका क्रममा रहेकाले रिपोर्टबारे…