डाक्टर-गायिका त्रिशला भन्छिन्ः यो समयको प्रतीक्षा धेरै अघिदेखि गरिरहेकी थिएँ !

त्रिशला गुरुङ गायिका मात्रै होइनन्, डाक्टर पनि हुन्। करिब पाँच महिनाअघिबाट उनको डाक्टरी यात्रा सुरू भएको थियो। पढाइ र संगीतबीच अस्पतालको जिम्मेवारी थपियो। नेपाल मेडिकल कलेजमा कामको दौडधूप अनुभव संगाल्दै थिइन्, कोरोना भाइरसले लकडाउन भयो। त्यसयता उनको दैनिकी फेरिएको छ।'ड्युटी सधैं छैन। ४-५ दिन मिलाएर हुन्छ। भिड हुन्छ, संक्रमण होला भनेर सबैलाई अस्पतालले बोलाएको छैन,'…